TodayPati

प्रदेश २ : तीनजना सवार ‘हाई स्पीड’ मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु, एकको अवस्था गम्भीर

शुभ नारायण यादव

सप्तरी, माघ ८ गते ।

सप्तरीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

Sponsored

हुलाकी राजमार्ग अन्तर्गत खडक नगरपालिका –११ बनौलीस्थित भएको मोटरसाईकल दुर्घटनामा दुई जनाको मृत्यु र एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

तिब्र गतिमा तीन जना सवार भई पूर्वतर्फ आउँदै गरेको प्र. २–०१–००१–६१४६ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर गएराति दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाईकल चालक सप्तरीको खडक नगरपालिका –११ बनौलीका २१ वर्षीय शिवेन्द्र साह र बीचमा सवार सोही ठाउँका २५ वर्षीय अरविन्द यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Sponsored

उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनाको उपचारकोलागि अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एवं प्रबक्ता भुवनेश्वर प्रसाद साहले जानकारी दिए ।

मोटरसाईकलमा पछाडी सवार घाइते भएका २१ वर्षीय सुनीलकुमार चौधरीको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा भर्ना गरिएको छ ।

सुनीलको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको जनाएको छ ।

मृतक दुबैजनाको शव पोष्टमार्टमकालागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ । दुर्घटनाबारे आवश्यक अनुसन्धान कार्य भइरहेको डिएसपी साहले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *