TodayPati

सर्लाहीमा बस दुर्घटना : दुई जनाको मृत्यु, १७ घाइते

टुडेपाटी

सर्लाही, माघ ८ गते ।

सर्लाहीमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

Sponsored

दाङबाट झापाको काँकडभिट्टा जाँदै गरेको ना ५ ख ४४८८ नम्बरको बस बिहीबार बिहान चार बजे दुर्घटना भएको प्रहरीले जनाएको छ।

सर्लाहीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले दिएको जानकारी अनुसार दुर्घटनामा दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ की करिब ३६ वर्षिया राजकुमारी चौधरीको घटनास्थलमै मृत्यु भएको छ।

यस्तै गम्भीर घाइते रहेकी राप्ती गाउँपालिकाकै २३ वर्षिया निर्मला चौधरीको उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उनले जानकारी दिए।

Sponsored

बस दुर्घटनाको कारण खुलेको छैन ।

तस्वीर :संकेतिक

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *