TodayPati

दाइजो प्रथालाई चुनौती दिँदै अभियन्ता फुलगेन ‘मगही’ ले गरे आदर्श विवाह

टुडेपाटी-
बटेश्वर, माघ ५ गते ।

दाइजो प्रथालाई चुनौती दिँदै मगही भाषाका अभियन्ता फुलगेन महतो ‘मगही’ले आदर्श विवाह गरेका छन् । धनुषाको बटेश्वर गाउँपालिका-१ निवासी मगही हास्य कलाकार तथा सञ्चारकर्मी समेत छन् ।

उनका बुवा राम उदगार महतोले सामाजिक परम्परा अनुसार छोराको आदर्श विवाह गरेका हुन् ।

Sponsored

तराई-मधेशमा दाइजो प्रथाले व्यापक चर्चा पाइरहेको बेला मगहीले बटेश्वर गाउँपालिका-३ का धनिकलाल महतोकी छोरी कृष्णीकुमारी महतोसँग आइतबार वैवाहिक बन्धनमा बाँधिएका हुन् ।

आदर्श विवाह गरेर मगहीले समाजमा चौतर्फी प्रशंसा बटुली रहेका छन् । मगही रेडियो नेपालको प्रादेशिक प्रशारण केन्द्र बर्दिवासमा समेत कार्यरत छन् ।

दाइजो जस्ता कुरीति, कुसंस्कृतिविरूद्धको अभियानमा लाग्नेहरू पनि थपिदैं गएका छन् । शिक्षित युवायुवतीहरू सामाजिक कुरीति, बेथीति हटाउन आदर्श विवाह गर्न थालेका छन् । विवाहमा बेहुला बेहुलीका परिवार तथा आफन्तका साथै बुद्धिजीवी, कलाकार तथा पत्रकारहरू सहभागी थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *