TodayPati

सप्तरीमा ट्रक र म्याजिक ठोक्किँदा चारजना घाइते

शुभ नारायण यादव-
सप्तरी ,माघ २ गते ।

सप्तरीको कन्चनरुप नगरपालिका वडा न. १२ स्थित लोकमार्गमा आज म्याजिक र ट्रक एक आपसमा ठोकिँदा चार जना घाइते भएका छ्न् ।

पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ज ३०७३ नम्बरको म्याजिक र पश्चिम बाट पुर्व तर्फ आउदै गरेको ना ५ ख २५१३ नम्बरको फुलडाला ट्रक एक आपसमा ठोकिँदा चालक सहित ४ जना घाइते भएका हुन् ।

Sponsored

घाइते हुनेहरुमा उदयपुरको बेलका नपा ५ रामपुर निवासी म्याजिकका चालक १९ बषिृय हरिबहादुर सार्की , सोही नगरपालिका वडा न. ४ रामपुरका १३ बर्षिय अबिशेक पौडेल , कन्चनरुप १२ रुपनगरकी ३५ बर्सिय संचिता ( राधा ) आचार्य र कन्चनरुप नगरपालिका वडा न.११ का ५२ बर्षिय मैकर चौधरी रहेका छ्न्।

उनिहरुको स्थानीय धर्मेश्वर हस्पिटल मा उपचार गराइ थप उपचार का लागि बिराटनगर लागिको छ । यता ट्रक र म्याजिक्लाइ नियन्त्रणमा लिइ ईलाका प्रहरी कार्यालय कंचनपुर मा राखिएको प्रहरिले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *