TodayPati

मिथिला परिक्रमा जनकपुर अाइपुग्यो

टुडेपाटी

जनकपुरधाम ,फाल्गुन २५ गते

मिथिलाञ्चलको महाकुम्भ मानिने १५ दिने मिथिला माध्यमिकी परिक्रमा अाइतवार जनकपुर अाइपुगेको छ ।

Sponsored

जनकपुर अाइपुगेका परिक्रमा यात्री तथा श्रद्धालु भोलि विहान जनकपुरको अन्तर गृह परिक्रमा गरेपछि परिक्रमा विधिवत सम्पन्न हुनेछ । परिक्रमा यात्री तथा श्रद्धालु
राति जनकपुरको बाह्रविघामा विश्राम गर्ने छन् ।

माध्यमिकी परिक्रममा भाग नलिनेहरु अन्तरगृह परिक्रममा अत्यधिक संख्यामा सहभागि हुनेगर्दछन् । अन्तगृह परिक्रमामा जनकपुरधामको परिक्रमा गरिन्छ र यसलाई पंचकोशी परिक्रमा पनि भनिन्छ ।

१५ दिनसम्म हुने मिथिला बिहारीको डोला सँगै परिक्रमा गर्दा मनोवाञ्छित फल प्राप्त हुने जनविश्वास रहिआएको छ । परिक्रमा प्रायः जसो वृद्धवृद्धाहरुको बढी सहभागिता हुन्छन् ।

Sponsored

नेपालको धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी देखि भारत बिहारको सितामढी, मधुबनी, दरभंगा सहितका स्थानबाट समेत हजारौहजार श्रद्धालुभक्तजन तथा साधुसन्तहरु परिक्रममा सहभागि हुने गर्दछन् ।

मिथिला महात्मयमा उल्लेख भए अनुसार वृहत, मध्यमा एवं लब्धी गरि तीन प्रकारको परिक्रमा छ जसमध्ये मध्यमा अर्थात मिथिला माध्यमिकी परिक्रमाको आफनै विशेषता छ । फागुन औंसीका दिन धनुषाको ठेरा कचुरीबाट निस्कने मिथिला बिहारीको डोला तथा जनकपुरको अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकी मन्दिर भएर जनकपुरको हनुमाननगर पुगेपछि माध्यमिकी परिक्रमाको विधिवतरुपमा शुरुवात हुने परम्परा रहेको छ ।

टायर गाडा ,साईकल र टाउकोमा बन्दोबस्तीको समान लिएर प्रत्येक दिन स्थान परिवर्तन गरि बास बस्नु, भूंइ खनेर चूल्हो निर्माण गर्नु, खाना पकाउनु , भजन कित्र्तन लगायतका कार्यहरु गर्नु परिक्रमावासीहरुको आस्था हो ।

परिक्रमामा सहभागी यात्रीहरुले नेपालका १ सय ७ एवं भारतको २६ गरी १ सय ३३ किलोमिटर भूमिको पैदलयात्रा तय गर्ने गर्दछन् ।

नेपाल भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सदभावका प्रतीक बनेको परिक्रमा यात्राको क्रममा नेपालमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छन् । सोही क्रममा धनुषाको हनुमाननगरबाट भारत बिहारको कल्याणेश्वर तथा फुलहर हुँदै महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड हुँदै परिक्रमा कञ्चनवन पुग्दछ । कञ्चनवनमा परिक्रमावासीहरु एक आपसमा होली खेले पछि औपचारिक रुपमा होलीको शूरुवात भएको मानिन्छ । त्यसपछि धनुषाको पर्वता, धनुषाधाम, सतोषर ,औरही, विशौल हुँदै पुनः कल्याणेश्वर पुगेर जनकपुर फर्केर विश्राम गर्छन् ।

फागुन पुर्णिमाका दिन परिक्रमावासीहरु जनकपुरको अन्तगृह परिक्रमा पुरा गरेर घर फर्कने परम्परा रहिआएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *