TodayPati

भंगहामा नेकपा र कांग्रेसका ३ दर्जन बढी कार्यकर्ता राजपामा


टुडेपाटी-
महोत्तरी, फागुन २५ गते ।

महोत्तरीको भंगहा नगरपालिकामा नेकपा र नेपाली कांग्रेसका तीन दर्जन बढी कार्यकर्ता राजपा नेपालमा प्रवेश गरेका छन् ।

भंगहा नगरपालिका वडा नं. ८ धर्मपुरकामा अाइतवार एक कार्यक्रममा उनीहरूलाई राजपाका नेता समेत रहेका भंगहा नगरप्रमुख संजिवकुमार साहले अविर माला लगाइ पार्टी प्रवेश गराएका छन् ।

Sponsored

नेपाली कांग्रेसका दीपु सिंह थारु र नेकपाका संजिप पजियारको नेतृत्वमा ४६ जना राजपामा प्रवेश गरेको राजपाका भंगहा नगर कमिटी सचिव मुकेश यादवले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *