TodayPati

सप्तरीमा आगलागीबाट २ घर जल्यो, करिब १५ लाखको क्षति

शुभनारायण यादव-
सप्तरी, पुस २५ गते ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ स्थित लोखरम टोलमा एक/एक साताको फरकमा आगलागी हुँदा करिब १५ लाखको क्षति भएको छ ।

पछिल्लो पटक शनिबार बिहान स्थानीय राजदेव सुतिहारको गाईगोठमा लागेको आगोले थप दुई घर जलेको हो ।

Sponsored

अचानक लागेको आगोले सुतिहारको गाईगोठका साथै छिमेकी गोसाई सुतिहार र कृष्णा सुतिहारको घर जलेर नष्ट हुँदा १५ लाख भन्दा बढीको क्षति भएको पीडितहरुले बताएका छन् ।

आगलगीमा एक गाईगोठ, दुई घर, एक बैलगाडा, दुई साइकल, भाडाकुडा र खाद्यान्न सामान जलेको छ । यस्तै सातवटा पशुचौपाया समेत जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

राजविराज नगरपालिकाको बारुणयन्त्र, सशस्त्र र नेपाल प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा एक घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।

Sponsored

यसअघि पनि सोही टोलमा पुस ११ गते सोनाई सुतिहार तथा पुस १७ गते महावीर साहको घरमा आगलगी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *