जनकपुरमै पहिलो पटक जानकी हेल्थकेयरमा मेरुदण्डको सफल शल्यक्रिया
टुडेपाटी-
जनकपुरधाम, फागुन २४ गते ।
जनकपुरमै पहिलो पटक निजी हस्पिटलले मेरुदण्डको सफल शल्यक्रिया गरेको छ । जनकपुर स्थित जानकी हेल्थकेयर एण्ड टिचिंग हस्पिटलमा मेरुदण्डको सफलतापूर्वक शल्यक्रिया गरिएको हो ।
महोत्तरीको बल्वा नगरपालिका २ पडौल बस्ने ७६ वर्षीय राजकिशोर मण्डलको मेरुदण्डको शल्यक्रिया गरिएको हो । अर्थोपेडिक स्पाइन सर्जन डा.राकेश मण्डल, अर्थोपेडिक डा.कुमार सम्भव र एनेसथेसिया डा. सन्दीप शर्माको संयुक्त चिकित्सक टोलीले मण्डलको मेरुदण्डको सफलतापूर्वक शल्यक्रिया गरेका हुन् ।
कम्मरका हाड खिएर नशा च्यापिने समस्याबाट १६ वर्षदेखि पीडित मण्डलपछिल्लो ८ महिनादेखि राम्ररी हिडडुल समेत गर्न सकिएरहेका थिएनन् । शल्यक्रिया पश्चात आफु निको भएको र सहजै जिउ सिधा गरेर हिड्न सक्ने भएको मण्डलले प्रतिक्रिया दिँदै चिकित्सकहरुलाई धन्यबाद दिएका छन् ।
मण्डलको सफल शल्यक्रिया गर्ने चिकित्सक टोलीका नेतृत्व गर्ने डा. राकेश मण्डलले अब जनकपुरमै मेरुदण्डको शल्यक्रिया सम्भव भएको बताए । यता जानकी हेल्थकेयर हस्पिटल प्रशासन पक्षले अब निरन्तर मेरुदण्डको शल्यक्रिया गर्ने जनाएको छ ।
Sponsored