TodayPati

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको विरेन्द्र बजारमा युवा संजालले बनाए जेब्रा क्रसिङ

विनोद महरा-
धनुषा, पुष १४ गते ।

नगर युवा संजाल गणेशमान चारनाथ नपा धनुषाले नगरपालिकाको सदरमुकाम विरेन्द्रबजारमा जेब्रा क्रसिङ बनाएका छन् ।

इलाका प्रहरी कार्यालय विरेन्द्रबजारको ट्राफिक प्रहरीहरुको प्राविधिक सहयोगमा संजालले ४ ठाउँमा जेब्रा क्रसिङ बनाएका हुन् ।

Sponsored

ट्राफिक प्रहरीका असइ सूर्यनारायण महतो र हबलदार महेश मण्डलले प्राविधिक सहयोग गरेका थिए । गणेशमान चारनाथ नपाको सदरमुकाम विरेन्द्रबजारको हाथी चोक, बजार लाग्ने ठाउँ, कपडा बजार र छौघरियाको गोल घर नजिक संजालका युवाहरुले जेब्रा क्रसिङ बनाएका छन् ।

नगर युवा संजालका अध्यक्ष रमेशलाल यादवको नेतृत्वमा संजालका पदाधिकारी तथा सदस्य युवाहरुले महेन्द्र राजमार्गको विभिन्न ठाउँमा दुर्घटना न्युनिकरण गर्न तथा मानिसहरुलाई सडक पार गर्न जेब्रा क्रसिङको कारण सहज हुने गर्दछ । सडकमा जेब्रा क्रसिङ भएको ठाउँमा गतिमा रहेका गाडीहरु नियन्त्रणमा आउने गर्दछ । यसले गर्दा सडक दुर्घटनामा कमी आउने गरेको ट्राफिक प्रहरी सूर्यनारायण महतोले बताए ।

सडक दुर्घटना कम गर्न र नगर आम नागरिकलाई जेब्रा क्रसिङको बारेमा जानकारी होस भनेर नगर युवा संजालले सो कार्य आफनै आर्थिक सहयोगमा आज सम्पन्न गरेका हुन ।
नगर युवा संजालका पदाधिकारीहरु अध्यक्ष रमेशलाल यादव, उपाध्यक्ष सुभाष दर्नाल, स सचिव भुपाल राण मगर, सदस्यहरु अशोक साह, राम करण यादव, सृजन बुर्जा र प्रमोद पासवान लगायतका युवाहरुले जेब्रा क्रसिङ बनाउन सहयोग गरेका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *