TodayPati

प्रधानमन्त्री ओलीले आफ्ना विरोधी नेताको फोन ट्यापिङ गरेर जासुसी गरेको पुर्वमन्त्रीको खुलासा

टुडेपाटी –

काठमाडौँ, पुस १५ गते ।

नेकपा नेता तथा पुर्वमन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीले सबै नेताहरुको फोन टयापिङ र रेकर्डिङ रेर जासुसी गरेको खुलासा गरेका छन् ।

Sponsored

प्रधानमन्त्री ओलीकै क्याबिनेटमा उर्जामन्त्री रहेका पुनले प्रधानमन्त्री ओलीले विरोधीको प्रत्यक्ष जासुसी गरिरहेको आरोप लगाएका हुन् ।

संसद् विघटनविरुद्ध लिवाङमा मंगलबार नेकपाको दाहाल–नेपाल समूहले आयोजना गरेको विरोधसभामा बोल्दै पुनले प्रधानमन्त्री ओली आफूभन्दा फरक विचार राख्नेविरुद्ध गैरकानुनी तवरमै खनिन थालेको बताए ।

‘आज सबै नेताको फोन ट्यापिङ हुन्छ, रेकर्डिङ हुन्छ,’ उनले भने, ‘त्यसैले सबै नेताले आफ्नो कन्फिडेन्सियल कुरा फोनमा र मोबाइलमा गर्नुहुन्न ।’

Sponsored

प्रधानमन्त्री ओलीले राष्ट्रिय अनुसन्धान विभागलाई रातारात आफ्नो मातहत राखेको, राजस्व अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागलाई नियन्त्रणमा लिएर सम्पत्ति छानबिन गर्दा तर्साउन थालेको आरोप उनले लगाए ।

‘रातारात प्रधानमन्त्रीले राष्ट्रिय अनुसन्धान कार्यालय आफ्नो मातहत राख्ने किन ?’ उनले भने, ‘राजस्व अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागलाई आफैं नियन्त्रणमा लिनुभो, फरक विचार राख्नेलाई सताउन थाल्नुभो ।’

ओलीले पार्टीभित्रका साना विवादका कारण यत्रो कदम नचालेको भन्दै अन्तर्राष्ट्रिय गुप्तचर निकायका मानिसको भ्रमण र पूर्वराजासँगको साँठगाँठको चर्चापछि संसद् विघटनको घटना भएको बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *