TodayPati

बिचौलियाले सरकारसँग उधारो सम्झौता गरेको सुनेर सर्लाहीका उखु किसानको हृदयघातबाट मृत्यु

टुडेपाटी

काठमाडौँ, पुस १४ गते ।

उखु किसानका भेषमा रहेका बिचौलियाले भुक्तानी नपाउँदै सरकारसँग सम्झौता गरेको सुन्दा एक किसानको मृत्यु भएको छ ।

Sponsored

बक्यौता रकम भुक्तानीको माग गर्दै काठमाडौंको माइतीघरमा आन्दोलन गरिरहेका सर्लाहीका नरायण राय यादवको हृदयघातका कारण मृत्यु भएको हो ।

यसपाली पूरै भुक्तानी नलिइ काठमाडौँबाट नफर्किने भन्दै आन्दोलनमा सक्रिय रहेका यादवले भुक्तानी नै नलिइकन सरकार र आन्दोलनकारी बीच सम्झौता भएको सुनेर उनलाई हृदयघात भएको जनता समाजवादी पार्टी नेपालका नेता केदारनन्दन चौधरीले बताए ।

सम्झौता हुने बित्तिकै भगतले आफूलाई फोन गरेर ‘भुक्तानी नलिइकन सम्झौता किन गरेको ? काठमाडौँबाट खाली हात फर्किन मनै छैन । घरमा यसपाली पैसा लिएर आउने भनेर आएको तर यहाँबाट पैसा नलिइ आन्दोलन स्थगित गरेको भन्दै’ चित्त दुखाएको नेता चौधरीले बताए ।

Sponsored

विगत ३ वर्षदेखि उनले अन्नपूर्ण सुगर मिलबाट २४ लाख ६५ हजार रुपियाँ लिन बाँकी थियो । त्यही पैसाका कारण उनी निकै तनावमा थिए । ‘राति नै फोन गर्दा उहाँलाई निकै चिन्तित भएको पाएको थिएँ । चिन्ता नगर्नुस् तपाईसँग म भोलि भेट्छु जसरी पनि भुक्तानी लिएर मात्र घरजाने हो भनेर सन्तवना दिएको थिएँ,’ नेता चौधरीले भने, ‘तर विहान अचानक फोन आयो कि भगतजी ट्वाइलेटमा लडेर बेहोस हुनुभयो रे । उहाँलाई अहिले अस्पतालमा भर्ना गरिएको छ, अनि हतार हतार गरि म गंगालाल अस्पतालमा पुगेको छु । डाक्टरले पनि तनावका कारण यो एट्याक भएको भन्नुभएको छ ।’
चार–पाँच वर्षदेखि करिब २५ लाख रुपैयाँ भुक्तानी लिन बाँकी रहेको बताइएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *