समाचार लेखेकै कारण सन् २०२० मा ५० पत्रकारको हत्या, भारतको पत्रकार पनि असुरक्षित
टुडेपाटी-
जनकपुरधाम, पुस १४ गते ।
सन् २०२० मा समाचार लेखेकै कारण कम्तिमा ५० पत्रकारको हत्या भएको छ ।
रिपोर्टर्स विथआउट बोर्डर आरएसएफको वार्षिक प्रतिवेदन अनुसार समाचार लेखेकै कारण उनीहरुको हत्या भएको हो ।
हत्या गरिएकामध्ये २ जना महिला पत्रकार भएको जनाइएको छ ।
भ्रष्टाचार, अपराध तथा वातावरण विनाशको विषयमा रिपोर्टिङ गर्ने अधिकाँश पत्रकारको हत्या भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सन् २०१९ मा ५३ पत्रकारको हत्या गरिएको थियो। यसपटक सो संख्याभन्दा कम संख्यामा पत्रकार हत्याको घटना भएको हो ।
Sponsored
प्रतिवेदनमा गएको १० वर्षमा ९३७ पत्रकारको हत्या गरिएको पनि जनाइएको छ ।
यसैबीच यसवर्ष कोरोना भाइरको संक्रमणपछि इजिप्ट, रुस र साउदी अरबमा गरेर तीनजना संचारकर्मीको मृत्यु भएको छ ।
गत डिसेम्बर १२ मा मात्र इरानमा पत्रकार रुहोल्लाह जामलाई मृत्युदण्ड दिइएको थियो । उनीमाथि देशव्यापी आन्दोलन गर्न प्रेरित गरेको आरोप लागेको थियो ।
प्रतिवेदका अनुसार यसवर्ष पत्रकारका लागि सबैभन्दा असुरक्षित देशहरु क्रमशः मेक्सिको, इराक, अफगानिस्तान, भारत र पाकिस्तान हुन् ।