TodayPati

सप्तरीमा बलात्कार कसूरमा एकजनालाई ७ वर्ष जेल सजाय


टुडेपाटी-
सप्तरी, फागुन २३ गते ।

सप्तरीमा एक तीस वर्षीया महिलामाथि बलात्कार गरेको आरोपामा ७ वर्ष जेल सजायको फैसला सुनाएको छ । सप्तरीको रूपनी गाउँपालिका–१ का ३८ वर्षीय देवेन्द्रकुमार यादवलाई आज उक्त सजायको फैसला सुनाएको हो ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलासले यादवलाई सात वर्ष कैद सजायको फैसला गरेको अदालतले जनाएको छ । जिल्ला अदालतको आदेशमा यादव चैत ५ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए ।

बलात्कार गरी भाग्न खोज्दा पीडितले बाहिरबाट ढोका लगाई होहल्ला गरेपछि जम्मा भएका गाउँलेले प्रहरीलाई खबर गरी विसं २०७५ फागुन ११ गते राति आरोपितलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ। पीडितले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा २०७५ फागुन १२ गते उजुरी दिएपछि प्रहरीले उजुरी दर्ता गरी कारवाही थालेको हो ।

Sponsored

पीडितका श्रीमान् वैदेशिक रोजगारका लागि मलेशियामा छन्। आपसमा आर्थिक लेनदेनको विवाद रहेको र महिलाले आफूलाई फोन गरी बोलाएर फसाएको आरोपितको भनाइ रहेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *