TodayPati

पछिल्लो राजनीतिक संकट नेपालको आन्तरिक मामिला : भारत

एजेन्सी –

नयाँदिल्ली , पुस ९ गते ।

भारतले नेपालमा विकसित पछिल्ला राजनीतिक घटनाक्रम नेपालको आन्तरिक मामिला भएको जनाएको छ ।

Sponsored

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको वैधानिकतामाथि प्रश्न उठिरहेका बेला भारतीयले यस्तो भनेको हो ।

नेपालमा हालै भएको राजनीतिक घट्नाक्रमलाई ध्यान दिएको बताउँदै श्रीवास्तवले यी विषयहरुमा नेपाल आफैँले  लोकतान्त्रिक अभ्यासअनुसार निर्णय गर्ने आन्तरिक मामिला रहेको विचार व्यक्त गरे ।

Sponsored

उनलेे भारत नेपालको शान्ति र विकासमा सहयोग जारी राख्ने समेत बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *