TodayPati

महोत्तरीमा ग्यास लिक भएर आगो लाग्दा युवतीसहित दुई जना घाइते

टुडेपाटी-
जनकपुरधाम, पुस ८ गते ।


महोत्तरीमा अण्डा पकाउने क्रममा अचानक आगलागी हुँदा जलेर दुई जना घाइते भएका छन् ।
घाइतेहुनेहरुमा  बलवा नगरपालिका- ६ कि आरती कुमारी साह र सोही ठाउँका ५५ बर्षीय चन्द्र ढकाल छन् ।

घर नजिकैको बजारमा ठेला गाडीमा राखेर अण्डा पकाउने क्रममा बुधबार बिहान ११ बजेतिर भएको आगलागी भएको थियो । सो करममा आरती घाइते भएको र निभाउ जाँदा ढकाल पनि घाइत भएको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

Sponsored

उनका अनुसार अण्डा पकाउने क्रममा अचानक ग्यास लिक भएर आगलागी हभएको थियो ।आरतीको अनुहार, मुख, कपाल र खुट्टा जलेको छ भने  ढकालको अनुहार जलेको छ ।
घाइते  दुबै जनाको उपचार जनकपुमा भइरहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनााएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *