TodayPati

सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन हुदैन : सभामुख सापकोटा

टुडेपाटी-
जनकपुरधाम, पुस ८ गते ।

विघटित प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संविधानले सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन नहुने   बताएका छन् । उनले संवैधानिक सर्वोच्चताका लागि सबै गम्भीर बन्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

बुधबार साँझ एक विज्ञप्ति प्रकाशित गर्दै सापकोटाल पुस १७ गतेभित्र संघीय संसदको सातौं अधिवेशन सुरु गर्न गृहकार्य भइरहँदा अप्रत्यासित रुपमा प्रतिनिधि सभामाथि अवरोध सृजना गरिएकोमा सिंगो प्रतिनिधि सभा र आफू मर्माहत भएको पनि बताएका छन् ।

Sponsored

‘संविधानको धारा ७६ मा प्रतिनिधि सभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन नहुने स्पष्ट व्यवस्था गरिएको छ । यस सन्दर्भमा संविधानको फरक व्याख्या नहोस् र शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण कायम राख्न सकियोस् भन्ने मान्यतासहित संविधानमा यस्तो व्यवस्था गरिएको हो,’ उनले भनेका छन्, ‘विगतका विसंगतिपूर्ण अभ्यासलाई सच्याउँदै स्थिरता र यसमार्फत् समृद्धिको जनचाहनालाई सम्बोधन गर्न प्रतिनिधि सभाको पूर्ण कार्यकालको परिकल्पना गरिएको तथ्य यहाँ स्मरणीय छ।’

यस्तो छ सभामुख सापकोटाले जारी गरेको विज्ञप्ति ..

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *