TodayPati

बर्दिवासमा “मेरी कप” सम्बन्धी अन्तरक्रिया

बर्दिवास, फागुन २२ गते ।

महोत्तरीको बर्दिवास नगरपालिकामा मेन्स्ट्रोअल कप “मेरी कप” सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । परिवार नियोजन तथा मातृ स्वास्थ्यका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको संस्था मेरी स्टोप्स सेन्टरले “मेरी कप” मेन्स्ट्रोअल कपको बारेमा स्थानीय जनप्रतिनिधी सहित नगरपालिकाको बिभिन्न शाखा प्रमुखहरु संग छलफल अन्तरक्रिया कार्यक्रम गरेको हो ।

महिनावारीका बेला प्रयोग गर्ने घरायसी तथा सेनिटरी प्याडको विकल्प र सुरक्षित रहने भएकोले प्याडको विकल्पमा प्रयोग गर्न मिल्ने जानकारी दिने उदेश्यका साथ महिनावारी कप(मेन्स्ट्रोअल कप) को बारेमा स्थानीयतह संग अन्तरक्रिया कार्यक्रमको आयोजना गरीएको सोसल मार्केटिङ्ग म्यानेजर सन्दिप श्रेष्ठले जानकारी दिनुभयो ।

Sponsored

प्याड प्रयोग गर्दा महिलाको स्वास्थ्यमा जोखिम हुने र नष्ट गर्दा वातवरणमा असर गर्ने भएकाले महिनावारी कप उचित भएको मेरी स्टोप्स सेन्टर नेपालको सोसल मार्केटिङ्ग म्यानेजर सन्दिप श्रेष्ठले बताउनुभयो ।

महिनावारीको समयमा प्याड प्रत्येक दिन धेरै पटक परिर्वतन गर्नुपर्ने भएको असजिलो र खर्चिलोको साथसाथै प्याडमा प्रयोग हुने केमिकल कै कारण प्रजनन् स्वास्थ्यमा असर गर्ने खतरा बढ्ने उहाँले बताउनुभयो । प्याडको तुलनामा कप आर्थिक, वातवरण र स्वास्थ्यको लागि उचित भएको उहाँले बताउनुभयो ।

महिनावारी कप एक पटक किनेपछि दश वर्षसम्म प्रयोग गर्न सकिन्छ । प्याड वर्षेनी हजारौं रुपैयाँको किन्नुपर्दा खर्चिलो भएकाले कपको खुद्रा मुल्य एक हजार ६ सय ५० रुपैयामा एक पटक किनेर दश वर्षसम्म उपयोग गर्न सकिने छ । यो आकार र तौलको हिसाबले सानो भएकाले महिलाले जहाँ पनि सँगै लान सक्छन् । कप मेडिकल सिल्कनले बनेको हुँदा स्वास्थ्यको लागि कुनै हानिकारक नहुने उहाँले कार्यक्रममा बताउनुभयो ।

Sponsored

कार्यक्रममा कप एक पटकमा ८ देखि १२ घण्टासम्म प्रयोग गर्न सकिने जानकारी गराईएको थियो । कपलाई तातो पानीमा ५ मिनेट उमालेर सफा गरेर वा साबुन पानीले पखालेर पुनः प्रयोग सकिने जानकारी गराईएको थियो । महिनावारी कप बर्दिवास स्थित सेन्टर लगायत मेरी स्टोप्स् सेन्टरमा उपलब्ध रहेका छन् ।

बर्दिवास नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा बोल्दै नगरप्रमुख बिदुर कुमार कार्कीले महिलाहरुको लागि महिनावारीको समयै कतिपय अवस्थामा गाह्रो हुने चर्चा गर्दै उहाँले एकदमै सुरक्षित स्वस्थ रहन आवश्यक रहेको बताउनुभयो । महिनावारीका बेला प्रयोग गर्ने घरायसी तथा सेनिटरी प्याडबारे आफूले धेरै सुनेको भएपनी मेन्स्ट्रोअल कपको बारेमा पाएको आवश्यक जानकारी उपयोगी भएको बताउनुभयो ।

कुनै बेला आफूले महिनावारी हुँदा महिलालाई आफ्नो खल्तीको रुमाल दिएर सहयोग गरेको घटना स्मरण गर्दै उहाँले महिनावारी सुरक्षित र स्वस्थ रहन घरबाटै सबैले प्रयास गर्नुपर्ने बताउनुभयो । मेरी स्टोप्स सेन्टर बर्दिवासका प्रतिनिधी बिक्रम रौनियारको समन्वयमा भएको कार्यक्रममा नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रसाशकीय अधिकृत, शिक्षा शाखाको प्रमुख,स्वास्थ्य शाखाको प्रमुख चिकित्सक लगायत २० जनाको सहभागिता रहेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *