TodayPati

प्रदेश २ मा बेपत्ता रहेका १ सय ९६ जनाको न्यायको लागि सहयोग गर्छौ : मुख्यमन्त्री राउत

जनकपुरधाम, २२ फागुन ।

मुख्यमन्त्री लालबाबु राउतले राज्य इमान्दार नहुँदा बेपत्ता परिवारले अझै न्याय पाउन नसकेको बताएका छन् । बिहीबार जनकपुरमा आयोजित पीडित तथा सरोकारबालाहरुसँग प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले बेपत्ता पारिएको परिवारलाई न्याय दिलाउन राज्य इमान्दार हुनुपर्नेमा जोड दिए ।

बेपत्ता पारिएको व्यक्तीको छानविन आयोग, ललितपुरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले आउँदो केही दिनभित्रै बेपत्ता परिवारले न्याय पाउने विश्वास व्यक्त गरे ।प्रदेश २ मा रहेको १ सय ९६ बेपत्ता परिवारको न्यायको लागि प्रदेश सरकारले अाफ्नो स्तरबाट सहयोग गर्ने प्रतिवद्धता जनाए ।

Sponsored

‘बेपत्ता परिवारको समस्यालाई अव नबल्झाऔ–चाँडो भन्दा चाँडो निक्र्यौलमा पुर्याऔं ।’ उनले भने ।बेपत्ता पारिएको व्यक्तीको छानविन आयोगका आयुक्त युवराज सुवेदीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले बेपत्ता पारिएको परिवारको समस्या तत्काल समाधान गर्न आयोगलाई आग्रह गरे ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *