TodayPati

पर्सामा नक्कली नागरिकताबाट ‘पासपोर्ट’ बनाउने साह पक्राउ

टुडेपाटी-
पर्सा, फागुन २२ गते ।

पर्सामा नक्कली नागरिकताका आधारमा राहदानी बनाउन खोजेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरिएको छ ।

बिहीबार राहदानी बनाउन आएका अभिषेक साहलाई जिल्ला प्रशासन कार्यालयले प्रहरीको जिम्मा लगाएको हो । कीर्ते गरेर नागरिकता बनाएको आशंकामा अनुसन्‍धानका लागि प्रहरीमा बुझाएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

Sponsored

साहको नागरिकताको अभिलेख जिल्ला प्रशासन कार्यालयमा नभेटिएको र हस्ताक्षर पनि नमिलेको बस्नेतले भनाइ छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *