महोत्तरीमा उपमेयरकै शौचालयमा बन्धक भेटिन् बालिका, बलात्कार प्रयास
टुडेपाटी-
महोत्तरी, पुस २ गते ।
महोत्तरीको मनरा सिसवा नगरपालिकाकी उपमेयर रमिता प्रधान शौचालयबाट १३ वर्षीया बालिकालाई हातखुट्टा बाँधेको अवस्थामा उद्धार गरिएको छ ।
मनरासिसवा नगरपालिका ७ स्थित उपमेयरको घरको शौचालयबाट छिमेककी ती बालिकालाई हातखुट्टा बाँधेको तथा मुखमा कपडा कोँचेको अवस्थामा स्थानीयसहति प्रहरीले उद्धार गरेका हुन् ।
बालिकालाई उपमेयरकी श्रीमान विनोद गामीले बलात्कार प्रयास गरेको पीडित परिवारले आरोप लगाएका छन् । प्रहरीका अनुसार मनरासिसवा नगरपालिका ६ की ती बालिका बुधबार साँझ ७ बजे साथीको घरबाट आफ्नो घर फर्कि रहेको बेला बेपत्ता भएकी थिइन् ।
खोजतलासको क्रममा शौचालयमा हातखुट्टा बाँधेको अवस्थामा बालिका फेला परेको प्रहरीचोकी सरपल्लोले जनाएको छ । अचानक बालिका बेपत्ता भएपछि बालिका गामीको शौचालयमा छ भन्ने खबर पाएपछि प्रहरी पुगेको थियो । बालिका हातखुट्टा बाँधिएकै अवस्थामा फेला परेको प्रहरीचोकी सरपल्लोका इन्चार्ज रामइश्वर महतोले टुडेपाटीलाई जानकारी दिए ।
बालिकाले आफुलाई स्थानीय गीना बैठाले मुख थुनेर शौचायमा लगेपछि गामी र स्थानीय परीक्षणले हातमुख बाँधेर शौचालयमा लगेको बयान दिएको प्रहरीको भनाइ छ ।
Sponsored
राति नै जिल्ला प्रहरी कार्यालयको टोलिले जलेश्वर अस्पताल लगेर बालिकाको स्वास्थ्य रीक्षण गराएको छ । घटना लगतै उपमेयरकी पति गामी, परीक्षण साह र मुख थुनेर बालिकालाई लग्ने महिला गीना बैठा बेपत्ता भएकी छन् । तीनैजनाको खोजि कार्य जारी रहेको र घटना विषमया थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
बिहीबार स्थानीय बासिन्दाले प्रहरीले समयमै गामी लगायतलाई पक्राउ गर्न नचाहेपछि भागेको भन्दै जलेश्वर बर्दिवास सडक खण्ड अवरुद्ध गर्दै टायर बालेर प्रदर्शन गरेका छन् ।
यता बालिकालाई बन्धक प्रयासको आरोप लागेका उममेयरकी श्रीमान विनोद गामीले राजनीतिक प्रतिसोधका कारण आफुलाई फसाउन खोजको दावी गरे । ‘म नगरपालिका कार्यालयमै थिएँ । स्थानीय जिवोदेवीले पहिलादेखि नै मसंग राजनीतिक रिसीबी साध्न प्रपञ्चल रचेर बालिकालाई शौचालयमा हातखुट्ट बाधेर प्रहरी बोलाइन्’, फोन सम्पर्क गरी फरार रहेका गामीले टुडेपाटीलाई भने राजनीतिक प्रतिष्पर्धामा म अगाडी छु । त्यसैले जीवोदेवीले बदनाम गरेर मेरो राजनीति समाप्त गर्न यस्तो षडयन्त्र गरेकी छन् । घटनाको निष्पक्ष अनुन्धान होस् । म दोषी प्रमाणित भए कारबाहीको लागि तयार छु ।’