TodayPati

महोत्तरीमा जन्ती गएर फर्कने क्रममा सवारी दुर्घटना हुँदा एक भारतीयको ज्यान गयो

टुडेपाटी-
जनकपुरधाम, मंसिर ३० गते ।

महोत्तरीमा जन्ती गएर फर्कने क्रममा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारतको सीतामढी जिल्लाको मुढा ग्रामपञ्चायतका ३५ वर्षीया राजेश सिंह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Sponsored

जलेश्वर बर्दिबास सडकखण्ड अन्तर्गत मनरासिसवा नगरपालिका ६ स्थित मंगलबार बिहान जन्तीबाट घर फर्किने क्रममा बी.आर.०५ पी २०२२ नम्बरको गाडी आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।

सिंह सर्लाहीको बलरानगरपालिका ९ बाट मनरासिसवा नगरपालिका ६ मा सोमबार राति जन्ती आएका थिए । बिहान फर्कने क्रममा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि चालक फरार रहेको र उनको खोजीका साथै घटना विषयमा थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *