TodayPati

उखु किसानको भुक्तानी नगर्ने चार चिनी मिलका सञ्चालकलाई पक्राउ गर्न गृहको निर्देशन

टुडेपाटी-
काठमाडौं, मंसिर ३० गते ।

उखु किसानको बक्यौता रकम भुक्तानी नगर्ने चार चिनी मिलका सञ्चालकलाई पक्राउ गर्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ ।

मंगलबार गृहमा भएको छलफलपछि भुक्तानी नगर्ने मिल सञ्चालकलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए ।

Sponsored

प्रवक्ता बुढाका अनुसार इन्दिरा सुगर मिल नवलपरासी, लुम्बिनी सुगरमिल नवलपरासी, अन्नपूर्ण सुगरमिल सर्लाही र श्रीराम सुगरमिल रौतहटका सञ्चालकलाई पक्राउ गर्न निर्देशन दिइएको हो ।

सुगर मिल सञ्चालकहरुले आफ्नो बक्यौता रकम नदिएको विरोधमा उखु किसानहरु अहिले राजधानीमा आन्दोलनमा छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *