TodayPati

सप्तरीमा जंगली हात्तीले लखेट्दा लडेर वृद्धको मृत्यु

टुडेपाटी-
सप्तरी, मंसिर २९ गते ।

सप्तरीमा जंगली हात्तीले लखेट्दा लडेर वृद्धको मृत्यु भएको छ ।
सोमवार बिहान सप्तरीको सुरुङ्गा नगरपालिका ३ दौलतपुरका ७० वर्षीय सीताराम साहको हात्ती लखेट्दा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै घरमा सुतिरहेका साह पिसाब फेर्न उठेका बेला आएको २ वटा जंगली हात्तीले लखेटेपछि भाग्ने क्रममा लडेर घाइते भएका थिए । लहानस्थित सप्तऋषि अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *