TodayPati

सरकारविरुद्ध जनकपुरमा पनि कांग्रेसले गरे प्रदर्शन

टुडेपाटी-
जनकपुरधाम, मंसिर २९ गते ।

सरकारविरुद्ध नेपाली कांग्रसले जनकपुरमा प्रदर्शन गरेको छ । कांग्रसले देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको अनुसार सोमवार जनकपुरमा पनि प्रदर्शन गरेको हो ।

गएको मंसिर २६ गते कांग्रेसले गरेको देशव्यापी निर्णय अनुसार आज जनकपुरसहित विभिन्न शहरहरुमा नेपाली कांग्रसले हजारौंको संख्यामा प्रदर्शन गर्दे छन् ।

Sponsored

वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गृह जिल्ला तनहुँमा भएको दुर्व्यवहार, कोरोना नियन्त्रणमा सरकारको असफलता, भ्रष्टाचार, स‌ंवैधानिक अंगलाई कमजोर बनाउने काम भएको भन्दै आज जनकपुरमा विरोध प्रदर्शन गरेको नेपाली कांग्रेस धनुषाले जनाएको छ ।

‘अति भो अति भो, मुलुककै छवि क्षति भो, औषधि छैन मल छैन, सत्ताको लडाई लाज छैन’ भन्ने लगायतका मुल नाराका साथ प्रदर्शन भएको छ ।

पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषाको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यस्तै देशभरका विभिन्न कार्यक्रमलाई कांग्रेसका नेताहरुले सम्बोधन गर्न लागेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *