पर्सामा ५ किलो चरेससहित २ जना पक्राउ
टुडेपाटी-
पर्सा, मंसिर २४ गते ।
पर्सामा ५ किलो लागुऔषध चरेससहित प्रहरीले दुई जनालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा पर्सागढी नगरपालिका–९ एकटांगाका भीम यादव र घनश्याम यादव छन् ।
सखुवाप्रसौनी गाउँपालिका–२ श्रीपुर पचगावाँबाट उक्त चरेससहित दुवैजनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
उनीहरु मकवानपुरमा उत्पादित चरेस भारतीय नम्बरको मोटरसाइकलमा दक्षिणतर्फ जाँदै गरेको अवस्थामा पक्राउ परेका थिए ।
पक्राउ परेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गंगा पन्तले जानकारी दिइन् ।
Sponsored