पोखरेललाई एआईजी बनाउने निर्णय स्थगन गर्न संसदीय समितिको निर्देशन
टुडेपाटी-
काठमाडौं, मंसिर २४ गते ।
विश्वराज पोखरेललाई एआईजी बनाउने निर्णय स्थगन गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकले पोखरेललाई एआईजी बनाउने निर्णय स्थगन गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको समिति सभापति शशी श्रेष्ठले जानकारी दिइन् ।
बैठकमा उपस्थित भएका गृहमन्त्री रामबहादुर थापाले समितिले गरेको निर्देशनलाई आधार मानेर अगाडि बढ्ने बताए । गृहमन्त्री थापाले मन्त्रालयले ५ डीआईजीको दरबन्दी थप गर्न सिफारिस गरेको तर मन्त्रिपरिषद्को प्रशासनिक कमिटीले एक एआईजीको दरबन्दी थप गर्न भनेको बताए ।
सत्तारूढ दल नेकपाका सांसदहरू लालबाबु पण्डित, पम्फा भुसाल, झपट रावल, कांग्रेसका दिलेन्द्र बडू, डिला संग्रौलाले सरकारको निर्णयको विरोध गरेका थिए ।
Sponsored