TodayPati

पर्सामा मह काढ्न रुख चढेका युवकको लडेर मृत्यु

टुडेपाटी-
पर्सा, मंसिर २२ गते ।

पर्सामा मह काढ्न रुख चढ्दा एक युवकको लडेर मृत्यु भएको छ ।

सोमबार ठोरी गाउँपालिका–४ मा माहुरीको मह काढ्न गएका सुन्दरटोलका ३२ वर्षीय धावा भनिने दावा बोम्जनको रुखबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

Sponsored

वन माहुरीको मह काढ्न रुख चढेका उनको खसेर मृत्यु भएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक अशोक साहले जानकारी दिए ।

उनका अनु्ुसार मह काढेर रुखबाट झर्ने क्रममा खसेर उनी गम्भीर घाइते भएका थिए ।

उनको उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको साहले बताए । मृतकको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा रहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *