TodayPati

राजपुर बमकाण्डमा महताबले भने,-‘दाइ अफताबको निर्देशनमा घाइतेलाई जीउँदै इँटा भट्टामा जलाएको हुँ’

टुडेपाटी-
जनकपुरधाम, मंसिर २२ गते ।

रौतहटको राजपुर फरहदवामा करिब १३ वर्षअघि भएको बम विस्फोटका घाइतेको हत्या प्रकरणमा पक्राउ परेका पूर्व मन्त्री आफताब आलमका भाइ महताब आलमले आरोप स्वीकार गरेका छन् ।

प्रदेश– २ प्रहरी कार्यालय जनकपुरधामका अनुसार प्रारम्भिक अनुसन्धानमा महताबले आफ्ना दाइ मोहम्मद अफताब आलमको निर्देशनमा घटना लुकाउने उद्देश्यले विष्फोटमा परी मृत्यु तथा घाइते भएकालाई इँटा भट्टामा जलाइएको स्वीकार गरेका छन् ।

Sponsored

पूर्वमन्त्री मोहम्मद आफताब आलमका भाइ राजपुर नगरपालिकाका मोहम्मद महताब आलम आफ्ना दाजु गएको चैत २६ गते पक्राउ परेदेखि नै फरार थिए ।

उनलाई प्रहरीले आइतबार राति भारतको मोतीहारीबाट भारतीय प्रहरीको सहयोगमा पक्राउ गरेको हो । यद्यपि, प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले महताबलाई सीमा क्षेत्रबाट पक्राउ गरेको जानकारी दिए ।

पहिलो संविधानसभा निर्वाचनअघि २०६४ चैत २७ राति राजपुर नगरपालिका–४ स्थित आलमका काका सेख इद्रिसको गोठमा बम विस्फोट भएको थियो ।

Sponsored

पूर्वमन्त्री आलम र उनका भाइ महताबलगायत ११ जनामाथि उक्त विस्फोटमा घाइते भएका यमुना गाउँपालिका–४ का त्रिलोकप्रसाद सिंह (पिन्टु) र ओसी अख्तरलाई इटा भट्टामा जिउँदै जलाइएको आरोप छ ।

प्रदेश– २ प्रहरीका अनुसार महताबले दाजुको निर्देशनमा विष्फोटका घाइते र मृतकलाई ट्याक्टरमा राखी इँटा भट्टामा जलाएको स्वीकार गरेका छन् । उनीमाथि थप अनुसन्धान भइरहेको प्रदेश २ प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

मुख्य आरोपित आलम पुर्पक्षका लागि काठमाडौंको नक्खु कारागारमा छन् ।

सम्बन्धित सामाचार

जिउँदै मान्छे जलाउने पुर्वमन्त्री अफताबका भाई भारतबाट पक्राउ, जनकपुर प्रहरी बिहारबाट ल्याउँदै

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *