सप्तरीको कुनौली नाका खुलाउन १ घण्टा धर्ना, नखुले आन्दोलन गर्ने चेतावनी
शुभ नारायण यादव-
सप्तरी, मङ्सिर २१ गते ।
कोरोना महामारीका कारण विगत ९ महिनादेखि बन्द रहेको कुनौली नाका खुलाउन माग गर्दै १ घण्टा धर्ना दिएका छन् । आइतबार नेपाल भारत खुला सिमा संवाद समूहद्वारा सप्तरीको तिलाठी कोईलाडि गाउँपालिकाको तिलाठी बेल्ही भन्सारमा बोडर खोल्नु पर्ने माग गर्दै धर्ना दिइएको हो ।
कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारणी सदस्य तथा सांसद मनिषकुमार सुमन, जसपा नेपाल केन्द्रीय सदस्य तथा नेपाल भारत खुला सिमा संवाद समूहका केन्द्रीय सदस्य गजेन्द्रकुमार मण्डल, राजविराज नगरपालिकाका प्रमुख शम्भु यादव, तिलाठी कोईलाडि गाउँपालिकाका अध्यक्ष सतीशकुमार सिंह, जसपा जिल्ला अध्यक्ष सुनिलकुमार झा, नेता गुडु देव लगायत स्थानीय नेता तथा स्थानीय समुदायहरुको उपस्थिति रहेको थियो ।
सो नाका २ दिन भित्र नखुलेको खण्डमा मङ्सिर २४ गतेदेखि अनिश्चितकालीन धर्ना, आन्दोलन लगायतका कार्यक्रमहरु गर्ने जसपाका केन्द्रीय सदस्य मण्डलले चेतावनी दिए ।
Sponsored