TodayPati

नेकपा स्थायी कमिटी बैठक मंसिर २८ सम्म स्थगित, केन्द्रीय कमिटी बैठक पुसमा

टुडेपाटी-
काठमाडौं, मंसिर २१ गते ।

सत्तारुढ नेपाल कम्यु्निष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक एक हप्तासम्मलाई स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आइतबारबाट सुरु भएको बैठक मंसिर २८ सम्मलाई स्थगित भएको हो ।

बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालका प्रस्ताव पेश भएको थियो । उक्त प्रस्ताव अध्ययनका लागि भन्दै बैठक २८ गते सम्मलाई स्थगित भएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए ।

Sponsored

बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओली सहभागि भएका थिएनन् । तर, ओलीले बैठकलाई सम्बोधन गर्दै पत्र पठाएको पौडेलले बताए । उक्त पत्रलाई सचिवालय सदस्य ईश्वर पोखरेलले बैठकमा पढेर सुनाएका थिए ।

पत्रमा ओलीले पुरानै अडान दोहोर्‍याएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । ओलीले अर्का अध्यक्ष दाहालको प्रस्ताव पार्टी कमिटीमा छलफलका लागि योग्‍य नभएको भन्दै त्यसको फिर्ताको अडान राखेका छन् । यस्तै, मंसिर २५ गते निर्धारित गरिएको केन्द्रीय कमिटीको बैठक पुस ५ लाई सरेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *