प्रादेशिक अस्पताल जनकपुरको मेसुमा डा.प्रमोद यादव, डाक्टर नागेन्द्रको विदाई
टुडेपाटी–
जनकपुरधाम, मंसिर १९ गते ।
प्रादेशिक अस्पताल जनकपुरको मेडिकल सुप्रिटेन्डेन्टको रुपमा डा. प्रमोद यादवले कार्यभार सम्हालेका छन् ।
सेवानिवृत भई डा. नागेन्द्र प्रसाद यादवको विदाई भएपछि शुक्रवारदेखि डा. प्रमोद यादवले कार्यभार सम्हालेका हुन् ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव निकट मानिने उनी यसअघि राष्ट्रिय ट्रमा सेन्टरको निर्देशक नियुक्त भएका थिए ।
तत्कालीन स्वासथ्यमन्त्री यादवले उनलाई निर्देशक नियुक्त गरेका थिए ।
Sponsored