भारतमा अबको केहीभित्रै कोरोनाविरुद्धको खोप लगाउन सुरु गर्छौं : प्रधानमन्त्री मोदी
टुडेपाटी-
जनकपुरधाम, मंसिर १९ गते ।
अबको केही हप्ताभित्रै भारतमा कोरोनाविरुद्धको खोप तयार हुने दाबी गरिएको छ ।
शुक्रबार कोरोनाबारे आयोजित सर्वदलीय भिडियो बैठकमा प्रधानमन्त्री नरेन्द्र मोदीले केही हप्ताभित्रै खोप तयार हुने जानकारी गराएका हुन् ।
उनका अनुसार सुरुमा रोगी, ज्येष्ठ नागरिक र स्वास्थ्यकर्मीलाई खोप दिइनेछ । एक हप्तादेखि भारतीय प्रधानमन्त्री कोरोनाविरुद्ध खोपका विषयमा सक्रिय रहेको त्यहाँको पत्रिका दैनिक भास्करले जनाएको छ ।
पत्रिकाका अनुसार भारतमा कोरोनाविरुद्ध फरक–फरक तीन खोपको परीक्षण फरक फरक चरणको परीक्षण (ट्रायल) मा छन् ।
भारतीय विशेषज्ञले अब खोपका लागि धेरै प्रतीक्षा गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । अबको केही हप्ताभित्र खोप तयार हुने उनीहरूको दाबी छ ।
Sponsored