TodayPati

सप्तरीमा खुकुरी प्रहार गरी आमाको हत्या गर्ने पुलामीलाई जन्मकैदको सजाय

टुडेपाटी-
सप्तरी, मंसिर १९ गते ।

सप्तरीमा आफ्नै आमाको खुकुरी प्रहार गरी हत्या गर्ने छोरालाई अदालतले जन्मकैदको सजाय गरेको छ । सप्तरीको सुरुङ्गा नगरपालिका १ चहकाकी ६४ वर्षीया धनमाया पुलामीको हत्या गरेको आरोपमा उनका छोरा ३४ वर्षीय रिठ्ठे भनिने जंगबहादुर पुलामीलाई बिहीबार जिल्ला अदालत सप्तरीले जन्मकैदको सजाय सुनाएको हो ।

जिल्ला न्यायाधीश सूर्यप्रकाश अधिकारीको इजलासले अभियुक्तलाई जन्मकैद सजायको फैसला सुनाएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

Sponsored

मादक पदार्थ सेवन गरिरहने युवकले ०७६ असार १९ गते साँझ खुकुरी प्रहार गरी आमाको हत्या गरेका थिए । घरमा कोही नभएका बेला जंगबहादुरले खुकुरी प्रहार गरी आमा धनमायाको हत्या गरेको भन्दै मृतकका पति ६५ वर्षीय लोकबहादुर पुलामीले इलाका प्रहरी कार्यालय कडरबोनामा ०७६ असार २० गते उजुरी दर्ता गराएका थिए ।

लोकबहादुर घटनाका बेला मोबाइलको रिचार्ज कार्ड र खैनी किन्न बजार निक्लिएका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *