TodayPati

कञ्चनरुप नपामा मलखाद विक्रीको लागि १६ संंस्थालाई अनुमति

शुभनारायण यादव-
सप्तरी, मंसिर–१८ गते ।

सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिकामा रसायनिक मल विक्री वितरणको लागि सहकारी तथा फर्मलाई कार्यक्षेत्र तोकिएको छ ।

कञ्चनरुप नगरपालिका कृषि शाखामा परेका निवेदन माथि मापडण्ड पुगे नपुगेको आधारमा अनुगमन गर्दा १५ ओटा सहकारी र एक फर्म गरि १६ वटा संस्थालाई नगरपलिकाका १२ वटै वडा भित्र विभाजन गरी कार्य क्षेत्र तोकिएको छ ।

Sponsored

स्थानीय तह रसायनीक मल वितरण ब्यवस्थापन समितीको गत १२ गतेको निणर्य अनुसार स्थानिय तहमा आपुर्ति तथा वितरण ब्यवस्थापन निर्देशिका २०७७ बमोजिम छनौट भएका संस्थाहरुलाई मल वितरक विक्रेता नियुक्तिको प्रमाण पत्र उपलब्ध गराएको कृषि विकास शाखा अधिकृत बेचन सढोक यादवले जानकारी दिए ।

कृषि सामग्री कम्पनी लि.राजविराज र साल्ट ट्रेडिङ् कर्पोरेसन लि.राजविराजबाट रासायनिक मल विक्रि वितरणको लागी दुवै स्थानबाट तोकेको समयमा मल खरिद गरी १६ वटै संस्थालाई कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ् कर्पोरेसन प्रमाण पत्र समेत दिई सेकेको अधिकृत यादवले जानकारी दिए । १६ वटा संस्थालई साविकका गाविसहरुको वडालाई आधार बनाएर कार्यक्षेत्र तोकिएको समेत यादवको भनाइ छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *