प्रदेश २ : भारततर्फ तस्करी गर्न लागिएको दर्जनबढी गाई प्रहरी नियन्त्रणमा, तस्कर फरार
टुडेपाटी
रौतहट, मंसिर १८ गते ।
भन्सार छलेर भारतर्फ लैजाँदै गरेको १३ वटा गाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी औरैयाबाट खटिएको प्रहरी गस्ती टोलीले ईशनाथ नगरपालिका वडा नं. ९ डुमरिया हुँदै लौतना तर्फ जाने बाटोबाट गाईबस्तु नियन्त्रणमा लिएको हो।
प्रहरीले एक लाख पच्चिस हजार बराबरको १३ वटा गाईबस्तु नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार नेपालबाट भारत तर्फ लादैं गरेको अवस्थामा गाईबस्तु नियन्त्रणमा लिएको हो।
Sponsored
सीमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्न गस्तीमा रहेका प्रहरी टोलीलाई देख्नासाथ तस्करहरु फरार भएको प्रहरीको दाबी छ।
नियन्त्रणमा लिएको गाइबस्तु गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।