TodayPati

प्रदेश २ का सांसदहरुले फिर्ता गरेनन् दशैँभत्ता, महामारीमा पनि चाडपर्वको नाउमा ५६ लाख खाइदिए

टुडेपाटी

जनकपुरधाम, मंसिर १८ गते ।

कोरोना भाइरसको महामारीमा दशैँ भत्ता लिएको भन्दै व्यापक आलोचना खेपेका सांसदले भत्ता फिर्ता गर्ने घोषणा गरेपनि कार्यन्वयन गर्न मानेका छैनन् ।

Sponsored

चाडपर्व खर्चबापत सांसदहरूले लिएको ५६ लाख २४ हजार ७७५ रुपैयाँ दशैंभत्ता हालसम्म सांसदहरुले फिर्ता नगरेका हुन् । भत्ता फिर्ता गर्ने मौखिक घोषणा गरेका सांसदहरुले हालसम्म फिर्ता नगरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार ८८ जना सांसदले १ महिनाको पारिश्रमिक बराबर भत्ता बुझेका छन् । एक सांसदले ६१ हजार २० रुपैयाँ, दलको प्रमुख सचेतकले ६१ हजार ४८० रुपैयाँ, सत्ता पक्षको प्रमुख सचेतकले ६५ हजार ५३० रुपैयाँ, दलको नेताले ६५ हजार ५३० रुपैयाँ, दलको सचेतकले ६१ हजार ४८० रुपैयाँ, सत्ता पक्षको सचेतकले ६७ हजार २५ रुपैयाँ दशैंभत्ता बुझेका थिए ।

प्रमुख प्रतिपक्षी दलको नेता ६७ हजार २५ रुपैयाँ, प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतकले ६५ हजार ५३० रुपैयाँ, विभिन्न संसदीय समितिका सभापतिले ६५ हजार ५३० रुपैयाँ, सभामुखले ६८ हजार ४८० रुपैयाँ, उपसभामुखले ६७ हजार २५ रुपैयाँ भत्ताबापत बुझेका थिए ।

Sponsored

संसद बैठक सञ्चालन नभएका कारण भत्ता फिर्ता नभएको प्रमुख प्रतिपक्षी दल नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल बताए । नेपाली कांग्रेसका सांसद शिवचन्द्र चौधरी पनि आफ्नो पार्टीले दशैंभत्ता फिर्ता गर्ने निर्णय गरेको भए पनि पैसा फिर्ता भएर कहाँ पठाउने भनेर निर्णय नगरिएकाले फिर्ता हुन नसकेको बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *