TodayPati

धनुषामा नम्बर खुल्न नसकेका गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, मंसिर १६ गते ।

धनुषाको बडहरीमा दुर्घटनामा परी मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु भएको छ ।

सोमबार राति करिब १० बजे मिथिला नगरपालिाका–९ बडहरीमा नम्बर खुल्न नसकेको गाडीको ठक्करबाट गम्भीर घाइते भएका वडा नम्बर–६ का ३८ वर्षीय पंचदेव साहको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ढल्केवारबाट बर्दिवास तर्फ ज ७ प ५९८६ नम्बरको मोटरसाइकलमा गईरहेका साहलाई बडहरीमा ठक्कर दिएको थियो । मृतक साहलाई ठक्कर दिने गाडी फरार भएका छन् ।

Sponsored

त्यस्तै ठक्कर दिने गाडीलाई प्रहरीले पक्राउ नगरेको भन्दै ढल्केवरका व्यापारी तथा स्थानीयबासीहरु मंगलवार बिहान साढे ८ बजेदेखि साढे ९ बजेसम्म पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए ।
राजमार्ग अवरुद्ध भएपछि इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक तिर्थ कार्कीले ठक्कर दिने सवारीलाई खोजीकार्य तिव्र पारेकोले छिट्टै पक्राउ पर्ने प्रतिबद्धता जनाएपछि सडक सुचारु भएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *