TodayPati

आज विश्व एड्स दिवस मनाईँदै, नेपालमा १० हजार एचआईभी संक्रमित उपचारको पहुँच बाहिर

टुडेपाटी

काठमाडौँ, मंसिर १६ गते ।

एचआईभी नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी ऐक्यवद्धता तथा साझा जिम्मेवारी’ भन्ने नाराका साथ मंगलबार विश्व एड्स दिवस, विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाईंदै छ । सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ मा यो दिवस मनाउने गरिएको छ ।

Sponsored

एचआइभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाको लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जगाउन यो अभियान सुरु गरिएको हो । हालसम्म नेपालमा २९ हजार ५०० जना भन्दा बढिमा एचआईभी संक्रमण पुष्टि भएको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले जनाएको छ ।

चिकित्सकहरूका अनुसार एचआइभी संक्रमित व्यक्ति एड्सको अवस्थामा पुग्न करिब दशौँ वर्ष लाग्छ । समयमै पहिचान भएर उपचार भए एड्सको अवस्था नआउने चिकित्सकहरू बताउँछन् ।
नेपालमा ८० प्रतिशतभन्दा बढी व्यक्ति असुरक्षित यौन सम्पर्कबाट एचआइभी संक्रमित भएको अध्ययनले देखाएको छ ।

अहिलेसम्म २९ हजार ५ सय ३ जनामा एचआइभी संक्रमण भएको अनुमान गरिएको छ भने १० हजार बढी संक्रमित उपचारको पहुँच बाहिर रहेको छन् ।
सन् १९८८ मा पहिलो पटक नेपालमा ४ जना यौनकर्मीमा देखिएको एचआइभी अहिले दिनमा दुईभन्दा बढीमा संक्रमण हुने गरेका छ । १ वर्षको अवधिमा ७ सय ३९ एचआइभी संक्रमितको मृत्युको छ ।

Sponsored

सरकारी सेवा बाहिर रहेका करिब १० हजार ९३ संक्रमित कहाँ छन् भन्ने कुरा सरकारलाई थाहा छैन । त्यसैले ती संक्रमितले समेत सो रोग फैलाउन सक्ने सरोकारवालाको भनाइ छ ।
तंथ्याङ्कअनुुसार आर्थिक वर्ष ०७६र०७७ मा ७ सय ९० नयाँ संक्रमित पहिचान गरिएको थियो । दैनिक सरदर दुईभन्दा बढीको एचआइभी संक्रमणका कारण मृत्यु समेत हुने गरेको छ ।

नेपालमा सन् २०१० को तुलनामा सन् २०१९ नयाँ संक्रमण ६४ प्रतिशतले घटेको भने ८० वटा एआरटी केन्द्रबाट निशुल्क औषधि वितरण भइरहेको छ ।
सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने सरकारको लक्ष्य छ । सरकारले यस वर्ष एड्स तथा यौन रोग नियन्त्रणका लागि ५६ करोड ७२ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *