TodayPati

गौ सेवाधाम स्थापना गर्ने कामाख्या परिवारका अध्यक्ष लाभको घोषणा


टुडेपाटी-

जनकपुरधाम, मंसिर १५ गते ।

कामाख्या परिवार नेपाल जनकपुरधामले आफ्नो पाँचौं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ ।
वार्षिकोत्सवको अवसरमा सिन्धुलीको कालापानीमा आयोजित एक कार्यक्रममा संस्थाका अध्यक्ष विभाष लाभले यस वर्षको अन्त्यसम्म गौ सेवाधाम स्थापना गर्ने घोषणा गरेका छन् ।

Sponsored

कार्यक्रमका प्रमुख अतिथी औषधी व्यवस्थापन विभागका महानिर्देशक भरत भट्टराईले गौ सेवाधामको लागि हरेक प्रकारको सहयोग गर्ने बचनबद्धता जनाएका थिए । कार्यक्रममा संस्कृतिविद डा.राजेन्द्र विमलले विभिन्न धर्मग्रन्थ, दर्शनका उदाहरण दिंदै मानवीय संवेदना शून्य स्तरमा पुगेकोले अध्यात्मिक चिन्तनले मात्र विश्वमा शान्ति कायम हुने बताए ।

नेपाल वार एशोसिएशनका उपाध्यक्ष प्रमुख अधिवक्ता गोकुल भण्डारीले समाज सेवाको क्षेत्रमा कामाख्या परिवारले गरेको उल्लेखनिय कार्यको प्रशंसा गरेका थिए । त्यस्तै एनआइसी एशिया बैंकका एसीओ राजेश रावलले कामाख्या परिवार नेपाल मार्फत गरिव, असहाय, विपन्न परिवारका मेधावी छात्रछात्राको लागि १ लाख ५ हजर शैक्षिक सहयोग गर्ने घोषण गरे । त्यस्तै कामाख्या परिवार युएसएका अध्यक्ष रोशन यादवले संस्थालाई प्रतिवर्ष २ लाख ५० हजार र कामाख्या परिवार जापानका अध्यक्ष महेश भट्टराईले प्रतिवर्ष १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरे ।

कामाख्या परिवार भारतका अध्यक्ष आयुश सिंहले गौ सेवाधामको लागि ११ वटा गाई सहयोग गर्ने र संस्थाकी सदस्य प्रतिभा मण्डलले आफ्नो वार्षिक आयको १० प्रतिशत प्रत्येक वर्ष सहयोग गर्ने घोषणा गरिन् ।
कार्यक्रममा संस्थाको कार्य गतिविधि सम्बन्धी जानकारी दिंदै संस्थाकी सचिव प्राची लाभले कामाख्या परिवार नेपाल करिब पाँच हजार भन्दा बढि गरिब, असहाय, विपन्न परिवारलाई खाद्यान्न सहित जाडोयाममा न्यानो कपडा तथा नगद समेत सहयोग गरेको जानकारी दिइन् ।

Sponsored

अध्यक्ष विभाष लाभद्वारा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१० देवीचौकमा स्थापना गरिएको माँ कामाख्या मन्दिर तथा संस्थालाई सहयोग गर्दै आइरहेका प्रध्यापक डा.मनोज मिश्रा, विजय साह, किशोर कुन्दन, लालबाबु सिंह, दिपक सिंह, सुरेन्द्र किशोर महतो, दिपक साह, अभिलाष ठाकुर, सरला खनाल, सिद्धि पटेल, प्रतिमा मण्डल, हिरा अधिकारी, निरज यादव, रितेश यादव, संजिब हाथी, विजय कामति, राजु यादव लगायतलाई प्रमाणपत्र सहित दोस्सला ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रममा कामाख्या परिवार नेपाल धनुषा, काठमाण्डौ, सर्लाही र महोत्तरीका पदाधिकारी सदस्य एवं शुभचिन्तक तथा सहयोगिहरुको उपस्थिती रहेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *