TodayPati

महोत्तरीमा भतिजको कुटाइबाट काकाको मृत्यु

टुडेपाटी

जनकपुरधाम, मंसिर १२ गते ।

महोत्तरीमा भतिजको कुटाइबाट काकाको मृत्यु भएको छ ।

Sponsored

मनरासिस्वा नगरपालिका–१ मा गए राति भतिजको कुटाइबाट गम्भीर घाइते भएका ६० वर्षीय खेलावन मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीका अनुसा बिहीबार बिहान आपसी विवादमा भतिज ३५ वर्षीय विनोद मण्डलले काका खेलावनलाई कुटपिट गर्दा उनी गम्भीर घाइते भएका थिए ।

स्थानीय स्वास्थ्यचौकीमा उपचारपश्चात घर लगिएकामा उनको गए राति मृत्यु भएको उनले जनाए ।

Sponsored

प्रहरीले कुटपिट गर्ने भतिज विनोदलाई पक्राउ गरिसकेको छ भने मृतक काका खेलावनको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाउने तयारी गरिरहेको जनाइएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *