TodayPati

गुल्मी जिप दुर्घटनामा ६ जनाको मृत्यु, दुई जना घाइतेको अवस्था गम्भीर

टुडेपाटी

गुल्मी, मंसिर ६ गते ।

गुल्मीको इस्मा गाउँपालिका–४ दोहलीको हुलमा जिप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ ।

Sponsored

दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् । हुलबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी इस्मा गाउँपालिका–४ हुलका ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय बसन्त दर्लामी, ३३ वर्षीय धन बहादुर अछामी, १९ वर्षीय फर्सुराम थापा र मालिका गाउँपालिका-५ की ८० वर्षीया सुन्दरी थापाको ज्यान गएको इस्मा प्रहरीचौकीका इन्चार्ज मोहनलाल अधिकारीले जानकारी दिए ।

दुर्घटनामा परेर इस्मा गाउँपालिका–४ हुलकै २८ वर्षीया सरस्वति दर्लामी र सहचालक २५ वर्षीय कमल हितान घाइते भएका छन् ।

Sponsored

चालक बुद्ध बस्नेत सकुशल रहेको अधिकारीले बताए । घाइतेहरुलाई उपचारको लागि गुल्मी अस्पताल पठाइएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *