TodayPati

वीरगञ्जबाट पेस्तोल र गोलीसहित एकजना पक्राउ

टुडेपाटी-
बिरगंज, मंसिर १० गते ।

पर्सा प्रहरीले अबैध हतियार सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको बलरा नगरपालिका १० सुदामा टोल घर भइ पर्साको बीरगंज महानगरपालिका ११ स्थित दुर्गा टोल बस्ने ४९ वर्षका जितेन्द्र प्रसाद सिंह छन् ।

वीरगञ्ज स्थित आफ्नो घरमा अवैध हात–हतियार लुकाइ छिपाइ राखेको छ भन्ने विशेष सूचनाको आधारमा मंगलबार साझ वडा प्रहरी कार्यालय श्रीपुर तथा विर्ता पर्साबाट खटेको प्रहरी टोलीले खान तलासी गर्दा हतियार बरामद भएको हो ।

Sponsored

स्टील दराज भित्र लुकाइ राखेको पेस्तोल १ थान, गोली ४ राउण्ड, म्यागजिन एक थान र बेहोस गर्ने औषधि एक बोतल बरामद गरेको जिल्ला प्ररही कार्यालय पर्साले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *