TodayPati

एकाएक बेपत्ता भएका डीएसपी चौधरी होटेलमा युवतीसंग भेटिए

टुडेपाटी

कैलाली, मंसिर १० गते ।

कैलालीको इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक (डिएसपी) भरतबहादुर चौधरी एक होटेलमा युवतीसंग फेला परेका छन् । मंगलबार रातिदेखि ९ बजेदेखि एकाएक सम्पर्क बिहीन भएका डीएसपी चौधरी खोजविनको क्रममा बुधबार बिहान कैलालीको बुढीतोलाको एक होटलमा युवतीसँग फेला परेका हुन् ।

Sponsored

स्रोतका अनुसार उनी युवतीसहित बुढीतोलामा रहेको एक होटलमा रंगेहात समातिएका हुन् । उक्त घटना प्रहरीले लुकाउन खोजका छन् ।

यता, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले नायव उपरीक्षक चौधरी आज बिहान आफैँ सम्पर्कमा आएको बताएका छन् । युवतीसँग भेटिएको कुरामा सत्यता नभएको र थप अनुसन्धान भइरहेको उनले बताए ।

मंगलबार राति एकाएक सम्पर्कविहीन भएपछि उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीबाट ठूलो संख्यामा प्रहरी परिचालन गरेको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *