बर्दिबासमा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका संजयको मृत्यु
टुडेपाटी-
जनकपुरधाम, मंसिर १० गते ।
बर्दिबासमा प्रहरीको गोलि लागेर गम्भीर घाइते संजय भनिने बुद्धिराज न्यौपानेको उपचारको क्रममा मृत्यु भएको छ । उनको उपचारको क्रममा काठमाडौं स्थित ग्राण्डी हस्पिटलमा मंलबार राति १ बजे उपचारको क्रममा मृत्यु भएको हो ।
बर्दिबासकी६ वर्षीया बालिका गुलाब साह खातुनको बलात्कार तथा हत्या विरुद्ध मंगलबार दिउँसो बर्दिबासचोकमा पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरिरहेको बेला प्रहरीले गोलि चलाएको थियो ।
सो क्रममा गोलि लागेर गम्भीर घाइते भएका न्यौपानेलाई मंलबार अपराहन्न थप उपचारकोलागि हेलिकप्टरबाट काठमाडौं लगिएको थियो । गोलि लागेर अन्य दुई जना घाइते भएका थिए । श्याम कार्कीको पनि काठमाडौंमा उपचार भइरहेको छ भने गोलिको छर्रा लागेका अफताब आलमको बर्दिबासमै उपचार भइरहेको छ ।
गोलि लागेका संजय न्यौपानेको मृत्यु भएपछि बर्दिबासमा थप तनाब उत्पन्न हुने सम्भावना बढेको छ ।
सम्बन्धीत समाचार
Sponsored