TodayPati

बर्दिबासमा बालिका हत्या आरोपमा पक्राउ परेका साहको घरमा आगजनी, अवस्था तनावग्रस्त

टुडेपाटी

जनकपुरधाम, मंसिर ९ गते ।

महोत्तरीको बर्दिबास नगरपालिका १४ स्थित शुभम् बस्तीकी ६ वर्षीया बालिकालाई बलात्कारपछि हत्याको आरोप लागेको युवकको घरमा स्थानीयले आगजनी गरेका छन् ।

Sponsored

शहिद आलमकी छोरी गुलाब साह खातुनको हत्या आरोपमा पक्राउ परेका स्थानीय २५ वर्षीय अरुण कुमार साहको घरमा स्थानीयले आगो लगाएका हुन् ।

बालिकाको शव बोरामा हत्या भएको अवस्थामा फेला पारेपछि आक्रोसित स्थानीयले ढुंगामुढा गर्नुको साथै आरोपी साहको किराना पसल भएको घरमा आगो लगाएका छन् ।

बर्बरता पुर्वक बलात्कारपछि हत्याको आरोपमा आक्रोशित स्थानीयले घरमा आगजनी तथा ढुंगामुढा गरेपछि अवस्था नियन्त्रमा लिन प्रहरीले केहि सेल अश्रु ग्यास प्रहार गरेको छ ।

Sponsored

आइतबार साँझदेखि हराइरहेकी बालिका गुलाबलाई साहले बलात्कार पश्चात हत्या गरी बोरामा राखेर फालेको स्थानीय र प्रहरीको अनुमान छ । पक्राउ परेका साहले समेत आफुले बालिकाको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

बालिकाको शव सोमबार मध्यराति बस्ती नजिकै बोरामा फेला परेको हो । बालिकाको शव फेला परेपछि बिहानैदेखि पूर्वपश्चिम राजमाग अवरुद्ध गरेर बर्दिबासमा प्रदर्शन भइरहेको छ ।

यो पनि पढ्नुहोस्

बर्दिबासमा ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या, बलात्कारीलाई कार्बाही माग गर्दै राजमार्ग बन्द

फोटो : सौजन्य पत्रकार बाबुप्रेम यदुवंशी

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *