TodayPati

प्रदर्शनकारीसंग प्रहरीले खोसे बालिकाको शव, पोस्टमार्टमको लागि जनकपुर ल्यायो

टुडेपाटी-
जनकपुरधाम, मंसिर ९ गते ।

बर्दिबासमा बलात्कार पश्चात हत्या भएको बालिकाको शवलाई पोस्टमार्टमको लागि जनकपुर ल्याइएको छ । बलात्कार पश्चात हत्या भएकी ६ वर्षीया बालिका गुलाबा साह खातुनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको हो ।

मंगलबार दिउँसो स्थानीय बासिन्दाले शव भेटेको ठाउँबाट उठाएर बर्दिबस चौकमा पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरेका थिए । प्रहरीले गोलि चलाएर बालिकाको शव नियन्त्रणमा लिइ पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल ल्याएको हो । प्रहरीले गोलि चलाएपछि भीड तितरवितर भएको थियो ।

Sponsored

प्रहरीको गोलि प्रहारबाट तीनजना प्रदर्शनकारी घाइते समेत भएका छन् । बालिकाको शव पोस्टमार्टमको लागि प्रादेकिशक अस्पताल लगिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको महोत्तरीका एसपी टीका बहादुर केसीले टुडेपाटीलाई जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *