TodayPati

बालिका बलात्कार गरी हत्या गर्ने अरुण यसअघि साथीकै हत्या गरेको खुलासा, धरौटीमा छुटेका थिए

टुडेपाटी-
जनकपुरधाम, मंसिर ९ गत ।

महोत्तरीको बर्दिवास नगरपालिका १४ शुभम् बस्तीकी ६ वर्षीय बालिका गुलाव खातुनको हत्या आरोपमा पक्राउ परेका स्थानीय २६ वर्षीय अरुणकुमार साह यसअघि पनि हत्या अभियोगमा पक्राउ परेको रहस्य खुलेको छ ।

शुभम् बस्तीमा आफ्नै घरमा अरुण किराना पसल संचालन गरेका साह गौशाला नगरपालिका ५ का स्थायी बासिन्दा हुन् । उनी ६ महिनाअघि आफ्नै छिमेकी दिलिप ठाकुरको हत्या आरोपमा पक्राउ परेका अभियुक्त रहेको महोत्तरी प्रहरीले जनाएको छ ।

Sponsored

साहबिरुद्धको मुद्दा अझै जिल्ला र उच्च अदालतमा बिचाराधीन रहेको छ । २८ बैशाख २०७७ मा आफ्नै साथीसँग मादक पदार्थ सेवन गरेर बादविवाद हुँदा साहले ठाकुरको हत्या गरेका खुलेको थियो ।

आइतबार साँझदेखि बेपत्ता भएकी बालिका गुलाबको बलात्कार गरी हत्या आरोपमा साह पक्राउ परेपछि सो यसअघिका अपराधिक घटना पनि संलग्न भएको रहस्य खुलेको हो । बालिका आइतबार अपराहन्न ४ बजे चकलेट किन्न साहको किराना पसलमा गएपछि घरमा लगेर बलात्कार गरी हत्या गरेको उनले प्रहरीलाई बयान दिएका छन् ।

सोमबार साँझ अरुणले आफ्नो परिवारमा बालिकालाई बालत्कार गरी हत्या गरेको जानकारी गराएका थिए । त्यसपछि परिवारजनले इलाका प्रहरी कार्यालय गौशालामा पुगेर अरुणलाई जिम्मा लगाएका थिए । अरुणले दिएको बयान अनुसार उनलाई बर्दिबास ल्याएर बालिकाको शव फालेको ठाउँमा लगेको थियो । त्यहिँ बोरामा शव फेला परेको थियो ।

Sponsored

घटना विरुद्धमा मंगलबार बिहानैदेखि आक्रोशित स्थानीयले बर्दिबासमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्नुको साथै पक्राउ आरोपी साहको घर समेत जलाएका छन् ।

सम्बन्धीत समाचार

बर्दिबासमा प्रहरीको गोलि लागेर गम्भीर घाइते भएकालाई हेलिकप्टरबाट काठमाडौं लगियो

बर्दिवासमा बालिका हत्याको विरोधमा स्थानीयद्वारा अवरुद्ध राजमार्ग खुल्यो

प्रदर्शनकारीसंग प्रहरीले खोसे बालिकाको शव, पोस्टमार्टमको लागि जनकपुर ल्यायो

बालिका हत्या प्रकरण : बर्दिबासमा गोली चल्यो, तीन प्रदर्शनकारी गम्भीर घाइते

बर्दिबासमा बालिका हत्या आरोपमा पक्राउ परेका साहको घरमा आगजनी, अवस्था तनावग्रस्त

बर्दिबासमा ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या, बलात्कारीलाई कार्बाही माग गर्दै राजमार्ग बन्द

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *