TodayPati

बर्दिबासमा प्रहरीको गोलि लागेर गम्भीर घाइते भएकालाई हेलिकप्टरबाट काठमाडौं लगियो

टुडेपाटी-
जनकपुरधाम, मंसिर ९ गते ।

बर्दिबासमा बालिका बलात्कार तथा हत्याको विरुद्धको प्रदर्शनमा प्रहरीको गोली लागि घाइते भएका दुईजनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ । प्रहरीको गोलि लागेर गम्भीर घाइते भएका भएका संजय न्यौपानेलाई हेलिकोप्टरबाट र श्याम कार्कीलाई एम्बुलेन्सबाट काठमाडौं लगिएको हो ।

महोत्तरीको बर्दिबास १४ शुभम् बस्तीबाट आतबार साँझ बेपत्ता भएकी ६ वर्षीया बालिका गुलाब साह खातुनको बलात्कार पछि हत्या भएको विरोध मंगलबार दिउँसो शवसहित प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोलि चलाएकोथियो । त्यस क्रममा तीनजना घाइते भएका थिए । मृतक बालिकाकी आफन्त अफताब आलम समेत प्रहरीको गोलिको छर्रा लागेर घाइतएको भएको स्थानीयले बताएका छन् । उनको बर्दिबासमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Sponsored

बालिकाको बलात्कार गरी हत्या आरोपमा पक्राउ परेका २५ वर्षीय स्थानीय युवक अरुण साहको घर समेत प्रदर्शनकारीले ढुंगामुढा गर्दै आगो लगाएर जलाएका छन् । सो क्रममा आगो निभाउन आएका दुईवटा बारुण यन्त्रणमाथि समेत स्थानीयले तोडफोड गर्दै अवरोध गरेका थिए । त्यस क्रममा प्रहरीले केहि सेल अश्रु ग्यास र हवाई फायर समेत गरेका थिए ।
बालिकाको शव सोमबार मध्य राति घर नजिकै बोरामा राखेर फालिएको अवस्थामा फेला परेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *