TodayPati

सप्तरीका १ सय ३६ उद्योगको दर्ता खारेज

शुभ नारायण यादव-
सप्तरी, मंसिर ९ गते ।

घरेलु तथा साना उद्योग कार्यालय सप्तरीमा दर्ता रहेका ९ हजार १ सय २७ उद्योग मध्ये १ सय ३६ वटा उद्योग खारेजीमा परेका छन् । छैठौं उद्योग दिवसको अवसर पारेर आज घरेलु तथा साना उद्योग कार्यालय सप्तरीद्वारा राजविराजमा आयोजित कार्यक्रममा सो कुराको जानकारी दिनुभएको हो ।

मापदण्ड पूरा नगरेको, बीचमै उद्योग बन्द भएको, बैदेशिक रोजगारीमा हिडेको, उद्योग दर्ता गरि लामो समयमसम्म संचालनमा नल्याएको तथा समयमै नवीकरण नगराएका कारण १ सय ३६ वटा उद्योग खारेजीमा परेका छन । कार्यक्रममा आ.ब. २०७६/७७ को प्रतिवेदन सार्वजनिक गर्दै उद्योग अधिकृत सन्तोषकुमार साहले उक्त आ.ब.मा महिलाद्वारा संचालित १ सय ५ र पुरुषद्वारा संचालित २ सय ९० गरि कुल ३ सय ९५ उद्योग दर्ता भएको जानकारी दिनु भयो ।

Sponsored

नयाँ दर्ता भएका ती उद्योगसहित जम्मा ९ हजार १ सय २७ उद्योग दर्ता भएको र त्यसमध्ये उद्योगतर्फ ७० र बाणिज्यतर्फ ६६ गरी कुल १ सय ३६ उद्योग खारेजीमा परेको उहाँले स्पष्ट पानुृ भयो । सोही अवधीमा नवीकरण, लगत्त कट्टा, पूँजी बृद्धि, ठाउँसारी, निवेदन र अन्य दर्ता लगायतका शुल्क वापत एक करोड १५ लाख ३१ हजार ८ सय ६६ रुपैयाँ राजश्व समेत संकलन गरिएको कार्यक्रममा सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ ।

कोरोनाका कारण स्वदेशमा रोजगारीको अभाव तथा विदेशमा रोजगारीका लागि गएका युवाहरु समेत स्वदेश फर्किएपछि बेरोजगारीको समस्या अझै बढेको जानकारी गराएका उद्योग अधिकृत साहले प्रदेश २ सरकार बेरोजगारी समस्या समाधान गर्न हालै दुई वटा महत्वपूर्ण कार्यक्रम मार्फत आवश्यक बजेट समेत छुट्याएकाले यसबाट धेरै हदसम्म बेरोजगारी समस्य न्युनिकरणमा मद्दत पु(याउने विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा सोही कार्यालयमा कार्यरत कार्यालय सहयोगि लिलानाथ दाहाललाई कार्य सम्पादनमा प्रशंसनिय भूमिका निर्वाह गरेवापत नगदसहित प्रशंसापत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शंकर दास, निर्माण व्यवसायी संघका अध्यक्ष एनेश्वर दास, संचारकर्मी बैजनाथ झालगायतले शुभकामना दिँदै कोरोनाका कारणले समस्यामा परेका उद्योगि व्यवसायीका साथै प्रभावित सबैलाई राहत महसुस हुने गरी सरकारले आवश्यक कार्यक्रम ल्याउनु पर्नेमा जोड दिनुभएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *