TodayPati

रौतहटमा कुटपिट गरी एकजनाको हत्या, दुई छिमेकी पक्राउ

टुडेपाटी-
रौतहट, मंसिर ९ गते ।

रौतहटमा कुटपिट गरी एकजनाको हत्या भएको छ । रौतहटको वृन्दावन नगरपालिका–७, सखुवा धमौराका अमिरी पासवानको सोमबार साँझ कुटपिट गरी हत्या भएको हो ।

हत्या आरोपमा प्रहरीले उनका छिमेक १९ वर्षीय विकास पासवान र सोही स्थानका ५५ वर्षीय बिन्द पासवानलाई पक्राउ गरेको छ । सोमबार साँझ विकास सहितको टोलीले सोमबार मादक पदार्थ सेवन गरी घर फर्कने क्रममा अमिरी पासवानलाई कुटपिट गरी धक्लेर गम्भीर घाइते बनाएका थिए ।

Sponsored

गम्भीर घाइते अमिरीको गरुडास्थित सिटी अस्पतालमा उपचारका क्रममा राति सवा ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतको शव पोस्टमार्टमका लागि गौर पठाइएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *